दफा ८५
बाधा विरोध गर्न नहुने

(१) आफ्नाे पदीय कर्तव्यको पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोर जुलुम वा हूल हुज्जत गरी वा अन्यकुनै किसिमले बाधा विरोध गरी कर्तव्य पालन गर्न अबरोध पुर्याउनु हुँदैन ।
(२) कसैले कानून बमोजिम हुन लागेको कुनै सम्पत्तिको जायजात, तायदाती, रोक्का, लिलाम वा बिक्रीको प्रक्रियामाजानीजानी बाधा विरोध गर्नु हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्मजरिबाना वा दुवै सजाय हुनेछ ।